FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


कोलकता जित्दा राजस्थानको विजयी यात्रामा ब्रेक, शान्तदार बलिङ्गले कोलकताको जित सम्भव


कोलकता जित्दा राजस्थानको विजयी यात्रामा ब्रेक, शान्तदार बलिङ्गले कोलकताको जित सम्भव

एजेन्सी
असोज १५ :
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ । बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो ।

कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । राजस्थानका टम करनले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । जोस बटलरले २१ र राहुल तेवतियाले १४ रन बनाए । अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल रहे । कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो ।

कोलकातातर्फ शिवम माभि, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए । यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । कोलकाताका ओपनर शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । ३४ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

शुभमन राम्रो लयमा देखिएका थिए तर दोस्रा ओपनर सुनिल नरेन रन बटुल्न संघर्षरत थिए । सुनिलले १५ रनमात्र बनाउन सके । त्यसपछि शुभमनले नितिश राणासँग मिलेर दोस्रो विकेटका लागि ४६ रन बनाए । राणा १० औं ओभरमा २२ रन बनाएर राहुल तेवतियाको शिकार बने । १२ औं ओभरमा जोफ्रा आर्चरले शुभमन गिललाई पेभेलियन फर्काए ।

कोलकाताका कप्तान दिनेश कार्तिक आर्चरको दोस्रो शिकार बने । दिनेशले केबल १ रन बनाउन सके । आन्द्रे रसेलले १४ बलमा ३ छक्काको मद्दतमा २४ रन बटुले । इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा नटआउट रहे । राजस्थानका लागि आर्चरले केबल १८ रन दिएर २ विकेट लिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

नेपाल सितोरियो कराते संघ धनुषाको गठन
खेलकुद

नेपाल सितोरियो कराते संघ धनुषाको गठन

2 weeks ago
प्रत्यक्ष निर्वाचित सांसद मधेश क्रिकेट संघमा बने सदस्य
एस.पी. खबर विशेष

प्रत्यक्ष निर्वाचित सांसद मधेश क्रिकेट संघमा बने सदस्य

4 weeks ago
कृष्ण जन्माष्टमीको अवसरमा ‘द कृष्ण रन’ म्याराथन हुने
एस.पी. खबर विशेष

कृष्ण जन्माष्टमीको अवसरमा ‘द कृष्ण रन’ म्याराथन हुने

1 month ago
शहिदनगरमा भएको क्रिकेटमा नाथपट्टी विजयी
खेलकुद

शहिदनगरमा भएको क्रिकेटमा नाथपट्टी विजयी

2 months ago
जनकपुरधाममा महेन्द्र नारायण निधि आमन्त्रित कराँते प्रतियोगिता
एस.पी. खबर विशेष

जनकपुरधाममा महेन्द्र नारायण निधि आमन्त्रित कराँते प्रतियोगिता

3 months ago
मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु
एस.पी. खबर विशेष

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

4 months ago
जनकपुरधाममा निरन्तर क्रिकेट, सोमवार देखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट
एस.पी. खबर विशेष

जनकपुरधाममा निरन्तर क्रिकेट, सोमवार देखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट

4 months ago
भारत र पाकिस्तानसंग सेप्टेम्बरमा हुने एशियाकपमा भिडने छ नेपाल
एस.पी. खबर विशेष

भारत र पाकिस्तानसंग सेप्टेम्बरमा हुने एशियाकपमा भिडने छ नेपाल

5 months ago
बारालाई ५ विकेटले स्तब्ध पार्दै जनकपुरधामले जित्यो मेयरकप २०७९ को उपाधि
एस.पी. खबर विशेष

बारालाई ५ विकेटले स्तब्ध पार्दै जनकपुरधामले जित्यो मेयरकप २०७९ को उपाधि

5 months ago
ह्याट्रिक बलर दिपेश कंडेललाई जनकपुरधाम र संघको सम्मान तथा पुरस्कार
एस.पी. खबर विशेष

ह्याट्रिक बलर दिपेश कंडेललाई जनकपुरधाम र संघको सम्मान तथा पुरस्कार

6 months ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy