FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


माईभ्याली गोल्डकप : आयोजक उपाधि होडमा प्रवेश, गोलरक्षक लिम्बूको उत्कृष्ट प्रर्दशन


माईभ्याली गोल्डकप : आयोजक उपाधि होडमा प्रवेश, गोलरक्षक लिम्बूको उत्कृष्ट प्रर्दशन

इलाम : गोलरक्षक देव लिम्बूको उत्कृष्ट प्रर्दशनका कारण पहिलोपटक आयोजक माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। देवले पेनाल्टी सुटआउटमा सन्तोष तामाङको बल बचाएका थिए।

जुन घरेलु टिमका लागी फाइनल पुग्ने अवसर बन्यो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १/१ भएको थियो। त्यसपछि थपिएको २० मिनेटमा गोल हुन नसकेपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो। पेनाल्टी सुटआउटमा आयोजकका प्रिजन तामाङ, पासाङ तामाङ र इला क्षेत्रीले गोल गरेका थिए। कप्तान विशाल तामाङको प्रहार फ्रेममा पर्न सकेन। शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए।

आर्मीका दीपक गुरुङ, राजिव गुरुङ र दीप लामाको प्रहार गोलमा परिणत हुँदा विकाश तामाङको प्रहार बाहिरिएको थियो। टाइव्रेकरमा ३/३ गोल भएपछि सडन डेथबाट निर्णय गरिएको थियो। सडनडेथमा आयोजकका लागी गोलरक्षक देव र अफ्रिकन खेलाडी एन्ड्रे थिएरी बियाकले गोल गरेका थिए।

आर्मीका राजु आलेको प्रहारले जाली चुम्दा भरत चौधरीको प्रहार आकासिएपछि आयोजक घरेलु मैदानमा पहिलो पटक उपाधि होडमा प्रवेश गर्‍यो। खेलको ३४औँ मिनेट आयोजकले सुरुवाती अग्रता लिएको थियो। आर्मीका गोलरक्षक विवश चौधरी विट भइसकेको अवस्थामा करन राईले आयोजकका लागी पहिलो गोल गरे।

त्यसको ७ मिनेट नबित्दै आर्मीले खेल बराबरीमा ल्यायो। आयोजकका एन्ड्रे थिएरी बियाकले आर्मीका विवेक बस्नेतलाई फाउल हानेपछि पाएको फ्रिकिकको अवसरलाई सन्तोष तामाङले सीधै जाली चुमाउँदै खेल बराबरीमा ल्याए। खेलको ९६औँ मिनेटमा आर्मी १० खेलाडीमा सीमित बन्यो। विवेक बस्नेत दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्मी दबाबमा परेको थियो। खेलको २८औँ मिनेटमा आयोजकका शरण बस्नेतलाई फाउल हानेर पहिलो कार्ड पाएका विवेकले पुनः ९६ औँ मिनेटमा शरणलाई नै फाउल गरेपछि दोहोरो कार्ड पाए।  खेलमा दुवै टिमले केही राम्रा मुभहरूलाई सदुपयोग गर्न सकेनन्।

१६औँ मिनेटमा आयोजकका मनकुमार राईको प्रहार सहजै आर्मीका गोलरक्षकले नियन्त्रणमा लिए। १८औँ मिनेटमा आर्मीका विकाश तामाङले गोलरक्षक विट भइसकेको अवस्थामा गोललाइनबाट बल बचाए। ७१औँ मिनेटमा मनकुमारको प्रहार आकाशियो। खेलको २५औँ मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहारलाई आयोजकका गोलरक्षक देव लिम्बुले पञ्च गर्दै बचाए। ३१औँ मिनेटमा आर्मीका टंक बस्नेतले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहारलाई गोलरक्षक देवले मुस्किलले बचाए। ८७औँ मिनेटमा विवेक बस्नेतले रिवाउन्डमा पाएको अवसरलाई आयोजकका गोलरक्षक देवले क्लियर गरिदिए। खेलपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नविन न्यौपानेले ५०/५० को अवस्थामा रहेको खेलमा आयोजकका गोलरक्षकले उत्कृष्ट प्रर्दशन गरेपछि पराजित बनेको बताए। उनले पहिलो हाफको तुलनामा दोश्रो हाफमा उत्कृष्ट खेले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए।

‘मिस कम्युनिकेशनका कारण पहिलो गोल खान पुगेका थियौ तर सन्तोषले खेल बराबरीमा ल्याए’ उनले भने ‘खेलाडीहरूको इन्जुरीको समस्याका कारण चाडै खेलाडी परिवर्तनले अन्तिम समयमा दबाबमा पर्‍यौँ।’ यता, आयोजकका प्रशिक्षक दर्शन भक्तराज कलेक्सन टिमले अपेक्षा गरेभन्दा पनि राम्रो खेलेको बताए। ‘पाएको केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितका लागि सडनडेथसम्म पुग्नुपर्‍यो’ उनले भने ‘खेलाडीको रिलिज क्लियरेन्स नहुँदा केही दबाब थियो। वर्क पर्मिट नभएकाले २ जना अफ्रिकन खेलाडी मैदान उर्तान नपाउँदा दबाब परेको थियो।’ आयोजक टिमलाई सेमिफाइनलसम्म पुर्‍याउन योगदान दिएका जुनियर ओङगुइने र जोर्डन जुनियर डे को वर्क पर्मिट नहुँदा खेल मैदानमा देखिएनन्।

शिशिर लेखी, पदम भट्टराई र मनिष थापासमेत इलामको टिममा देखिएनन्। शिशिर र पदम विग्रेड व्वाइज क्लबबाट आहा रारा गोल्डकपका लागि पोखरा गएका छन्। मनिष यस महिना ३ भन्दा बढी गोल्डकप प्रतियोगितामा सहभागिताका कारण टिममा राखिएको थिएन्। उपाधि भिडन्तका लागि आयोजकले लिग बिजेता मछिन्द्र क्लबसँग फागुन २४ गते प्रतिस्पर्धा गर्नेछ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

नेपाल सितोरियो कराते संघ धनुषाको गठन
खेलकुद

नेपाल सितोरियो कराते संघ धनुषाको गठन

3 weeks ago
प्रत्यक्ष निर्वाचित सांसद मधेश क्रिकेट संघमा बने सदस्य
एस.पी. खबर विशेष

प्रत्यक्ष निर्वाचित सांसद मधेश क्रिकेट संघमा बने सदस्य

1 month ago
कृष्ण जन्माष्टमीको अवसरमा ‘द कृष्ण रन’ म्याराथन हुने
एस.पी. खबर विशेष

कृष्ण जन्माष्टमीको अवसरमा ‘द कृष्ण रन’ म्याराथन हुने

1 month ago
शहिदनगरमा भएको क्रिकेटमा नाथपट्टी विजयी
खेलकुद

शहिदनगरमा भएको क्रिकेटमा नाथपट्टी विजयी

3 months ago
जनकपुरधाममा महेन्द्र नारायण निधि आमन्त्रित कराँते प्रतियोगिता
एस.पी. खबर विशेष

जनकपुरधाममा महेन्द्र नारायण निधि आमन्त्रित कराँते प्रतियोगिता

4 months ago
मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु
एस.पी. खबर विशेष

मोदीले जनकपुरधाममा घोषणा गरेको सय करोडमा राजनिति भइरहेको छ : नेताहरु

4 months ago
जनकपुरधाममा निरन्तर क्रिकेट, सोमवार देखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट
एस.पी. खबर विशेष

जनकपुरधाममा निरन्तर क्रिकेट, सोमवार देखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट

4 months ago
भारत र पाकिस्तानसंग सेप्टेम्बरमा हुने एशियाकपमा भिडने छ नेपाल
एस.पी. खबर विशेष

भारत र पाकिस्तानसंग सेप्टेम्बरमा हुने एशियाकपमा भिडने छ नेपाल

5 months ago
बारालाई ५ विकेटले स्तब्ध पार्दै जनकपुरधामले जित्यो मेयरकप २०७९ को उपाधि
एस.पी. खबर विशेष

बारालाई ५ विकेटले स्तब्ध पार्दै जनकपुरधामले जित्यो मेयरकप २०७९ को उपाधि

6 months ago
ह्याट्रिक बलर दिपेश कंडेललाई जनकपुरधाम र संघको सम्मान तथा पुरस्कार
एस.पी. खबर विशेष

ह्याट्रिक बलर दिपेश कंडेललाई जनकपुरधाम र संघको सम्मान तथा पुरस्कार

6 months ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy