एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : जनकपुरधामवाट पक्राउ गरिएका सुनचाँदी व्यवसायीहरुलाई यथासिघ्र रिहा गर्न नेकपा एमाले जनकपुरधामले मांग गरेको छ । पार्टीका उपमहानगरकमिटि अध्यक्ष तथा जनकपुरधाम उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष सुरेन्द्र भण्डारीले विमानस्थलवाट सुनको ईटा र विस्कुट पक्रन नसक्ने प्रहरी बिबाहका लागि बनाइएको गहना कारखानावाट पसल लैजादै गर्दा पक्राउ गरि बिना अनुसन्धान हत्तकडी लगाउनु गलत रहेको बताए ।
उनले छानविन र अनुसन्धान नहुदै जिल्ला प्रहरी कार्यालय बोलाएर व्यवसायीका अगुवाहरुलाई समेत अपराधी शैलीमा हत्तकडी लगाउनु नियोजित रहेको आरोप लगाएका छन् । पक्राउ परेका व्यवसायीहरुलाई रिहा गरि उचित छानविन र पक्रियाको सहज वातावरण बनाउन उनले माग गरेको छ ।
व्यवसायी पक्राउ परकोे सम्बन्धि समाचारका लागि तलको लिंक क्लिक गर्नुहोस
बलराम साह सहित चारजना सुनचाँदी व्यापारी पक्राउ, पसल बन्द गरि व्यवसायी सडकमा (spkhabar.com)