एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ७ :
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको सेवा र व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका छन्।
अस्पतालको नेतृत्व परिवर्तनपछि निरीक्षण गर्न पुगेका झाले दलगत राजनीतिको प्रभाव र व्यक्तिगत स्वार्थका कारण अस्पतालको अवस्था बिग्रिएको आरोप लगाए। उनले अस्पतालको भौतिक संरचना व्यवस्थित बनाउने, दक्ष कर्मचारी थप्ने, कर्मचारीको अनुपात मिलाउने तथा नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने योजना रहेको बताए।
अस्पताललाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउँदै आगामी छ महिनाभित्र देखिने गरी सुधार गर्ने लक्ष्य रहेको झाले जानकारी दिए।
निरीक्षणका क्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतो, अस्पतालका संयोजक रघुवीर राय, निर्देशक डा. अमित यादव तथा रास्वपा नेता जितेन्द्र महासेठलगायतको उपस्थिति थियो।

