एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साह सहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरी पक्राउ गरेपछि जनकपुरधाममा तनाव उत्पन्न भएको छ । बलराम साहको साथै अरुण ज्वेलर्सका सञ्चालक र मिर्चैयाका व्यवसायीहरु गरि पाँचजनालाई प्रहरीले पक्राउ गरेर पथलैया लगेको बताइएको छ ।
एता व्यवसायीहरु जनकपुरधामको जानकी मन्दिर छेउको सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन् । कारखानाबाट गहना बनाएर पसल लैजादै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोजेपछि दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पुरयाएको भन्दै उनीहरु विरोधमा उत्रेका छन् ।
सानो पक्रियालाई अपराधीकरणको शैलीमा व्यवासायीलाई पक्रेर पथलैया परयाइएको आक्रोसमा उनीहरु आक्रोतिस भएका छन् । आठ देखि नौ तोला गहना बनाइसकेको सुनका गहना सहित मिर्चैयाका व्यवसायी पक्राउ परेको र उनले बलराम तथा अरुण ज्वेलर्स जान लागेको भनेपछि दुवै ज्वेलर्सका सञ्चालक समेतलाई पक्राउ गरिएको हो ।
विस्तृत विवरण आउन वाँकी छ