एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका निवर्तमान अध्यक्ष शालिग्राम सिंहले गाडी र्फिता गरेको छ तर उनले १ लाख ५१ हजार उल्टै मांग गरेको छ । जवकि परिषदले गरेको विभिन्न तागेदामुलक पत्रचारहरु हेर्दा सिंहले नै परिषदलाई ११ लाख ४४ हजार ८ हजार बुझाउन वाँकी छ । साथै अझै उनको जिम्मा यात्री निवासको साँचो र जिन्सी सरसमानहरु पनि वाँकी नै छ ।
उनको कार्यकाल सम्पन्न भएको सात महिना वित्न लाग्दा समेत सिंहले अध्यक्षका रुपमा सुविधा पावत पाएको गाडी नगद र जिन्सी बरबुझारत गर्न मानेका थिएनन । सो सम्बन्धनमा एसपी खवरले विशेष रिपोर्ट छापेपछि सिंहले गाडी बुझाएको बुझिएको छ । स्रोतका अनुसार उनले गाडी बुझाएपनि गाडीमा आफनो खर्च भएको भन्दै १ लाख ५० हजार ७ सय साढे अन्ठान्नबे रुपैयाको बिल पेश गरेका छन् ।
उनले काठमाण्डौं स्थित एक र्वकशपको पेश गरेको बिल गत साउन ४ गते काटिएको बिल हो । जवकि २०७४/०९/२८ मा अध्यक्ष नियुक्त भएका उनको चार वर्षिय कार्यकाल गत पुष २७ गते सकिएको छ । पटक पटक पत्राचार गर्दा समेत उनले गाडी र्फिता गर्न मानेका थिएन । सिंहलाई गत २०७८ माघ १० गते नै गाडी फिर्ता गर्न पहिलो पत्राचार गरिएको थियो तर उनले सुनेनन् । त्यपछि २०७८ माघ १८ गते पुन: अर्को पत्र काटिएको छ ।
यस पत्रमा भने गाडी फिर्ता गर्न मात्र भनिएको छैन परिषद मातहतको यात्री निवासको पहिलो तल्लाको कोठा नं. २०१ र २०२ गरि दुईवटा कोठा ५ सय ४३ दिन सम्म व्यक्तिगत ताल्चा हानेर प्रयोग गरेको र दोस्रो तल्लामा रहेको नव निर्मित २ वटा स्वीट कोठाहरु ३ सय ६५ दिन सम्म निरन्तर व्यक्तिगत प्रजोजनका लागि ताल्चा हानेर प्रयोग गरे बापतको रु. ११ लाख ४४ हजार ८ सय सहित साँचो बुझाउन भनिएको छ ।
सम्बन्धित यो पढनोस