एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० : अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा र बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम गरि तीन दिबसीय कार्यक्रम सम्पन्न गरिएको छ ।

सञ्जालले प्रदेश नम्बर २ को अस्थाइ राजधानी जनकपुरधाम वार्ड नम्बर ४ राधाकृष्ण मन्दिरमा दर्जौनौ युवाहरुको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ । पहिलो दिन गत विहिवार झाकी सहीत कोभिड सम्बन्धि सचेतना कार्यक्रम गरेर जानकी मन्दिरमा दिप प्रज्वलीत समेत गरेका उनीहरु दुईजना महीला उधमी लाइ आर्थिक सहयोग गर्ने घोषना गरेका थिए भने दोश्रो दिन शुक्रवार जनक चौकमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको सञ्जालका महासचिव कुलदिप साहले जानकारी दिए ।
यो पनि पढनोस



