एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
एता युवाहरुले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली निकालेको छ । दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा युवाहरुले यमराज, कोरोना र डाक्टरको स्वरुप बनाएर कोरोना विरुद्वको सचेतना जगाउदै दिवस मनाइएको छ ।

सञ्जाल धनुषाको महासचिव कुल्दिप साहले दिवसको अवसरमा कोरोना विरुद्वको सचेतनाका लागि झाँकी सहितको रयाली गर्नुका साथै जानकी मन्दिरमा दिप प्रज्वलन, दुईजना युवा उद्यमीलाई नगद पुरस्कारको घोषणा गरिएको साथै भोली र पर्सी क्रमश ट्राफिक सचेतना र रक्तदान सहितका कार्यक्रम गरि तिनदिवसीय कार्यक्रम गरिदै छ । साथै युवाहरुले कोरोना विरुद्वको खोप युवाहरुलाई सहज उपलब्ध् गराउनु पर्ने मांग गरेका छन् ।