एसपी रिपोर्टर
एजेन्सी, भदौ १० : अफगानिस्तानमा तालिबानले भिडियो खिचिरहेका पत्रकारलाई बन्दुकले पिटेका छन् । अफगानी समाचार च्यानल ‘टोलो न्यूज’को क्यामेराम्यान र रिपोर्टरलाई तालिबानले बन्दुकले पिटेका हुन् । दुवै पत्रकारले काबुलमा बढ्दो वेरोजगार सम्बन्धी भिडियो तयार पारिरहँदा तालिबानले बन्दुकले पिटेको जनाइएको छ ।
तालिबानले बन्दुकले पिटेका पत्रकारमा जैर याद र बीस मजिदी रहेका छन् । राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार तथा मजदुरसँग कुराकानी गरिरहेका बेला तालिबानले रोक्दै उनीहरु माथि कुटपिट गरेका थिए । ‘हामीले हाम्रो आइडी कार्ड देखायौँ तर उनीहरुले हामीमाथि कुटपिट गर्न छोडेनन् । बन्दुकले हामीले पिटे । उनीहरुले हाम्रो मोबाइल र अन्य उपकरण पनि खोसे,’ पत्रकार जैरले बताए । टोलो न्यूजका अनुसार अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि उनीहरुले थुप्रै पत्रकारमाथि कुटपिट गरेका छन् ।