एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ :
चिसोको कहरबाट प्रभावित धनुषाको ग्रामिणहरु गाँउमै नेपाल भारतका विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य उपचारको सेवा पाएका छन् ।

समाजसेवी गंगाराम यादवको मुख्य पहल र मेदान्ता रिसर्च क्लिनिक प्रा.ली.को प्राविधिक सहयोगमा धनुषाको हँसपुर नगरपालिकामा पर्ने टिल्ही स्थित तपसीबाबा कलेजमा आयोजित सो दुई दिवसीय शिविरमा भारत मेदान्ताका विशेषज्ञ डाक्टर सहितको सहभागिता रहेको छ ।

भारतको चर्चित मेदान्ता अस्पतालका मृगौला रोग विशेषज्ञ डा. मनिष जैन र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शालु गुप्ता सहित नेपालका पनि विभिन्न रोगसंग सम्बन्धित विशेषज्ञ डाक्टरहरुले भोली सम्म चल्ने सो शिविरमा सेवा दिइरहेका छन् ।

शिविरको समुदघाटन गर्दै नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रतिकुल मौसमबाट प्रभावितका लागि आयोजित शिविर सेवाको उत्तम उदाहरण रहेको बताए । निवर्तमान प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव तथा समाजसेवी गंगाराम यादवले शिविरमा सहभागि हुन आएका भारतका चिकित्सकहरु प्रति धन्यवाद दिदै गाँउमै आएको सुविधाको लाभ लिन स्थानियलाई आग्रह गरेका छन् ।

शिविरमा ह्ृदय, हाडजोर्नी, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत सहित विभिन्न रोगको उपचार, औषधी र परामर्श निशुल्क उपलब्ध गराईएको मेदान्ता रिसर्च क्लिनिक प्रा.ली.का डा. दिग्विजयी कुमार ठाकुरले बताएका छन् ।

यो पनि पढनुहोस