एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : धनुषा रघुनाथपुरको बरकुर्वा स्थित श्री फकिरचन्द गामि माविका संस्थापक स्व. बेचन गामीको १३ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभाका साथै शैक्षिक कार्यक्रम समेत गरिएको छ । शिक्षाप्रेमी, समाजसेवी, दानविर तथा रघुनाथपुर गाँउका नागरिकद्वारा रघुनाथपुर रत्नको सम्मान पनि पाइसकेका गामीको गत फागुन ३ गते निधन भएको थियो ।
उनको ईच्छा अनुसार उनले स्थापनाको गरेको विद्यालयमा उनको पार्थिव शरिर पुरयाइनुका साथै कमलानदीमा अन्तिम दाहसंस्कार गरिएको थियो । मंगलवार १३ औं पुण्य तिथिको अवसरमा उनी संलग्न पार्टी नेपाली कांग्रेस सबैला वडा नं. १२ वडा समिति र विद्यालयका पुर्व विद्यार्थी समुहको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘श्री फकिरचन्द गामि मावि बरकुर्वाको योगदान’ विषयको निबन्ध लेखन र वाचन प्रतियोगितामा छ जना सहभागिता जनाएकोमा चारजना उत्कृष्ट पहिलो युवा विद्यार्थी दिनेश पजियार, दोस्रो वडा सचिव नन्द ठाकुर, तेस्रो ज्ञानकुञ्ज स्कुलका छात्र रवि साह र चौथो शिक्षिका प्रमिला साहलाई जनही नगद ११ सय र चाँदीको सिक्का र प्रमाणपत्र सहित पुरस्कृत र दुईजना क्रमश बुद्धहांग चाम्लिङ्ग राय र श्रेया मिश्र सान्तवनालाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।

साथै शँैक्षिक जनचेतनामुलक नृत्य प्रतियोगितामा पहिलो हुने रघुनाथपुर पब्लिक स्कुल आरपिएस, दोस्रो हुने शुभ सनराईज, तेस्रो हुने ईन्टरनेशल चिल्ड्रेन र चौथो हुने ज्ञानकुञ्ज पाठशाला ईङ्गिस बोर्डिङ्गलाई ११ सय नगद, चाँदीको मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
सो अवसरमा फकिर चन्द गामि माविको पुर्व विद्यार्थी समुहको तर्फबाट निधिरानी साहले स्व. गामी र उनले स्थापनाको गरेको विद्यालयको योगदान र समाजिक प्रभावको बारे प्रकाश पार्दै श्रद्धाञ्जली अर्पण गरेका थिए भने समुहकै तर्फबाट युवा अगुवा विनोद कुमार पालले स्व.गामीको नाममा अगामि वर्ष देखि विद्यालयबाट एसईई दिएर उत्कृष्ट हुने एक÷एकजना छात्र÷छात्रालाई पाँचतोला चाँदीको सिक्का र प्रमाणपत्र सहित पुरस्कृत गर्ने घोषणा गरेका छन । साथै सोहि अवसरमा निबन्ध लेखन÷वाचनका उत्कृष्ट चारजनाले आफनो लेख पढेर सुनाएका थिए ।

सोहि अवसरमा स्व. गामिका माइला सुपुत्र बैज्ञानिक संजय गामीले आफना मातापिताको नाममा रघुनाथपुर स्थित श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिको धर्मशालामा अटयाच बाथरुम सहितको डिलक्स बेडरुमहरु बनाइदिने घोषणा गरेका छन् । कांग्रेस सबैला वडा नं. १२ सभापति जनकलाल साह भृगुनको अगुवाईमा भएको कार्यक्रममा जिल्ला भरिबाट पुगेका शिक्षा प्रेमी, समाजसेवी अगुवाहरु तथा गामी परिवारका शुभेच्छुकहरुले स्व. गामी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वि.सं २०१० को दशक तिर रघुनाथपुर समाजसेवी निवासी फकिरचन्द गामि आफनो जेठो छोरा बेचन गामि विद्यालय पढन भारतको जयनगर जानुपरेको बाध्यात्मक स्थिती देखेर आफनो छोराहरुलाई आफनो सम्पती दिएर भएपनि समाजका बालबच्चा पढन गाँउमै विद्यालय खोल्नुपर्छ ईच्छा जाहेर गरेको र पिताको भावना अनुसार बेचन गामीले बिघ्घौं जग्गा दान गरि २०१६ सालमा स्थापना गरेको विद्यालय धनुषाकै सरस्वती मावि पछिको जेठो र ठुलो माविका रुपमा स्थापित भयो र पाँच जिल्लाका विद्यार्थीहरु छात्रवासमै पनि बसेर पढने गरेको ईतिहाँस छ ।
केहि महिना अगाडि मात्र रघुनाथपुर गाँउवासीले स्व. गामीको जिवनकालमै रथारोहन गराई नगर परिक्रमा गराउँदै शिक्षाको ज्योती जगाउने काम गरेको भन्दै रघुनाथपुर रत्नको सम्मान सहित गामिलाई नागरिक अभिनन्दन गरेको थियो ।
यो पनि पढनोस


