एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १७ : धनुषाको रघुनाथपुर स्थित सधै खाली र सुनसान रहने गामी भवनमा बैण्डबाजा सहित स्थानियको लर्को छ । कोहि हातमा फुल लिएर त कोहि अनेक प्रकारका गम्छा सहित एक दानवीर दम्पतीलाई स–सम्मान स्वागतका लागि ति पुरानो भवनमा पुगेका रहेछन् । यो निवास र भवन अरु कसैको नभएर जनकपुरधामको सरस्वती मावि पछिको २०१६ सालमा स्थापित जिल्लाको चर्चित विद्यालय श्री फकिर चन्द्र गामि उच्च माविमा जग्गा दान गर्ने दानविर बेचन गामीको हो ।
उनका छोराछोरी भाई भतिजा र नातिनातिनाहरु सबै शिक्षित छन कोहि डाक्टर, कोहि ईन्जिनियर, कोहि प्रशासक त कोहि बैज्ञानिक भएर देश, विदेशमा बसिरहेका छन् । वर्षभरि उनको घर खाली र सुनसान नै हुन्छ । आज उनको घरमा लागेको यो भिड र तामझाम उनको पारिवारिक विहे भोज भतेर नभएर उनलाई सम्मान गर्न र रथारोहन सहित गाँउ घुमाउन लागेको गाँउवासीको भिड हो ।
बेचन गामी जो करिव ६० वर्ष अगाडि १७ वर्षको उमेरमै आफना अभिभावक पिता फकिर चन्द्र गामीलाई गुमाए । त्यस बेला उनी भारतको जय नगरमा पढदै थिए । तर जब उनका पिता अव आफु नबाँच्ने महशुस गर्नुभयो, बेचनलाई बोलाएर केहि सर्तहरु राखेका रहेछन् । पहिलो उनले छोराहरुलाई कहिल्यै पनि जुवातास, मदिरा र धुम्रपान नर्गन आग्रह गरे भने दोस्रो गाँउमै विद्यालय निर्माणका लागि दान गर्न पनि आफनो मनोकामना व्यक्त गरे ।
एकदमै ग्रामिण परिवेशका त्यसबेलाका १७ वर्षे घरका जयेष्ठ सुपुत्र ठिटो बेचन गामि का साथै उनका भाईहरु जिवछ साहु कमल, नारायाण गामी र भृगुन प्रसाद गामी, १६ बिघ्घा १६ कठ्ठा १६ धुर (हालको मुल्यांङ्कन करिव ३० देखि ४० करोड) को जग्गा र २० हजार मोहर नगद दान गर्ने साहासिक निर्णय मात्र गरेनन विद्यालय स्थापना पनि गर्न लगाए ।
त्यो विद्यालय एक गाँउको मात्र नभई करिव पाँच जिल्लाको विद्यार्थीहरु होस्टलमा बसेर पनि पढन् पाउने साधनाको केन्द्र बन्यो र विद्यालयका उत्पादनहरु आनन्द प्रसाद ढुङ्गाना, मातृका यादव, वतर्मान मधेश सभामुख रामचन्द्र मण्डल पुर्व प्रदेश सांसद किशोरी साह कमल जस्ता नेताहरु पनि बने ।
त्यसबेल भारतबाट चर्चित गान्धीवादी प्रवृतीका शिक्षक जिवछ लाल दास सहितलाई बोलाएर शिक्षा फैलाउने काम विद्यालयले गरयो र प्रसिद्वी कमायो । अन्य दाताहरुको जग्गा दान पनि जोड्दा विद्यालय अधिनस्त करिव ३० बिघघ जमिन र सम्पती छ ।
बेचन गामीलाई गाँउवासी र सबैला नगरपालिकाको वडा नं. १२ कार्यालय रघुनाथपुरले ‘रघुनाथपुर रत्न’ को उपाधि र सम्मान सहित नागरिक अभिनन्दन गरेको हो ।
त्यसैले गाँउवासीहरु शिक्षाको ज्योती फैलाउन करौडोको सम्पती दान गर्ने ति दानविर गामी परिवारका जयेष्ठ सुपुत्र बेचन गामी र उनकी धर्मपत्नी जनकदुलारीलाई रथारोहन सहित गाँउ परिक्रमा गराउदै उनीहरुको जिवनकालमै नागरिक अभिनन्दन गरेका छन् । विद्यालयमा स्थापित स्व.फकिरचन्द्र गामिको शालिकमा गाँउवासीको लर्को माल्यापर्ण गर्दै गाँउमा सभाको आयोजना गरि गामि दम्पती सहित उनको परिवारजन र अन्य दाता परिवारका सदस्यहरुलाई नागरिक अभिनन्दन गरिएको छ ।
नागरिक अभिनन्दनबाट भावुक भएका बयोवृद्व बेचन गामी गाँउवासी र समाजलाई धन्यवाद भन्ने एक शब्द मात्र सम्बोधन गरे भने उनका सुपुत्र पुर्व कृषि विकास बैंकका निर्देशक प्रदिप गामीले गाँउवासीको प्रयासले अन्य हुनेखाने परिवारलाई पनि दान गर्न प्ररित गर्ने र समाजलाई लाभ हुने बताए । समारोहका प्रमुख अतिथि करिव पचास वर्ष शिक्षण पेशामा विताएका जयमोहन लाल कर्णले गामी परिवार नहुँदो हो त रघुनाथपुर गाँउ र यो क्षेत्र शिक्षाबाट बञ्चित हुन्थ्यो भन्दै पैसा नुहुँदा बेचन गामिले शुल्क मिनाहा गराईदिने देखि योग्यता देखेर आफुलाई शिक्षक नियुक्त सम्म गरिदिएको स्मरण गर्छन ।
जिवनकालमै भएको नागरिक अभिनन्दनले बेचन गामी दम्पती र उनका परिवारजन हर्षित देखिए । गाँउ परिक्रमाका क्रममा स्थानियले फुल छर्केर दम्पतीलाई सम्मान गरे गम्छा ओढाई दिएर सम्मान गरे । समारोहका आयोजक श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समिति रघुनाथपुर र सबैला नगरपालिका वडा नं. १२ कार्यालयले दम्पतीलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
समितिका अध्यक्ष विरेन्द्र कुमार महताको अध्यक्षतामा भएको नागरिक अभिनन्दनको मुख्य संयोजन युवा अगुवा शिक्षा प्रेमी विनोद कुमार पालले गरेका थिए भने कार्यक्रममा आर्थिक सहयोग पालका विदेश बस्ने साथीभाईहरुले गोप्य दानका रुपमा गरेका थिए । अभिनन्दनबाट हर्षित भएका सम्मानित दम्पतीका पुत्रद्वय प्रदिप गामी र ई.विनय गामीले आयोजक समितिको अक्षयकोषमा तत्कालै एक लाख दान गर्ने घोषणा गर्दै सो रकमको ब्याजले शैक्षिक गतिविधी गर्न आग्रह गरेका छन् ।
शिक्षाको विकास र प्रर्वद्वनका लागि जनताले पाएको तिन तहको सरकारले गर्नुपर्ने र मनन गर्नुपर्ने यस्ता कार्यक्रम स्थानिय श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समिति रघुनाथपुरले गरेर सराहनिय काम गरेको स्थानियहरुले बताए ।