एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ४ :
विद्युतको लाईन काटिएको भएपनि मिथिला नगरपालिकाको औरही खोला छेउका केहि क्रसरहरु विद्युत चोरी गरेर पनि क्रसरहरु चलाउदै प्रहरी प्रशासनलाई चुनौती दिएका छन् । नदीको अवैध उत्खनन भइरहेको भन्दै जिल्ला समन्वय समितिका प्रमुखको अगुवाईमा धनुषाको औरही नदीमा पुगेको प्रमुख जिल्ला अधिकारी र धनुषा प्रहरी प्रमुख सहितको टोलीले तत्कालै मिथिला नगरपालिकामा नदी छेउछाउमा सञ्चालनमा रहेको क्रसरको लाईन काटन निर्देशन दिइएको थियो ।

गत माघ ३० गते पुगेको टोलीको निर्देशन पछि फागुन १ गते देखि क्रसर बन्द हुने गरि करिव ९ वटा क्रसरको विद्युत प्रसारण लाइन काटियो तर एक दिन नबित्दै फागुन ३ गते शनिवार राती विद्युत लाई नजोडिएको भएपनि मिथिला नगरपालिका वडा नं. ३ को रोहन बालुवा प्रसोधन केन्द्र (क्रसर) सञ्चालनमै देखिएको छ । शानिवार एउटाले चलाएपछि एसपीखवर स्रोतका अनुसार आइतवार राती थप दुई सहित तिनवटा क्रसर अवैध विद्युत लाइन जोडेर क्रसर चलाइरहेको बुझिएको छ ।

आइतवार राती मिथिला नगरपालिकाको वडा नं. ३ मै सञ्चालनमा रहेको रोहन क्रसरका साथै, शुभम बालुवा प्रसोधन र चुरियामाई बालुवा प्रसोधन केन्द्र (क्रसर)हरु सञ्चालनमा आएको स्रोतले जनाएको छ । यसरी जिसस प्रमुख, सिडिओ, एसपी सहित प्रशासनिक र जनप्रनिनिधीहरुको सर्वोच्च निकायका अगुवाहरु सहितको टोलीको निर्देशन अवज्ञा गर्दै प्रहरीको आँखामा छारो हालेर क्रसरहरु चोरबाटोबाट विद्युत चोरेर क्रसर सञ्चालन गरि प्रहरी प्रशासनलाई चुनौती दिएको छ ।

बन्द रहेका क्रसर व्यवसायीहरुले यसरी आफुहरु बिच्चलीमा परेको भन्दै शंका पनि उत्पन्न भएको बताउन थालेका छन् । प्रहरी प्रशासन र स्थानिय सरकारका जनप्रतिनिधीहरुकै मिलिभगतमै ति क्रसरहरु सञ्चालनमा त आएको छैन ? भन्ने शंका उनीहरुको छ । नाम नबताउने सर्तमा एक क्रसर व्यवसायीले भने ‘अव त हामिलाई अनुगमन गर्नेहरु माथी नै शंका लाग्न थालेको छ ।’

यो पनि पढनोस