एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ : आधुनिक जनकपुरधाम निर्माणको भौतीक पुर्वाधार निर्माणका मुख्य योगदानकर्ता र स्वास्थ्य तथा शिक्षाको आधारस्तम्भका लागि अर्वौको सम्पती दान गर्ने दानवीर स्व. रामचन्द्र साहको निधनमा उहाँ प्रति श्रद्धाञ्जली र सम्मानका लागि यहाँका संघ संस्थाहरु अगाडि सरेका छन् । सोहि क्रममा जनकपुरधाम उद्योग बाणिज्य संघले शनिवार एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्व. साह प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको चर्चा गरेका छन् ।
संघका पदाधिकारीहरु, पुर्व अध्यक्ष, संस्थापक तथा सल्लाहकारहरुको उपस्थितीमा भएको कार्यक्रमका वक्ताहरुले स्व. साह र उहाँको परिवारले जनकपुरधामको लागि देखेको सपना र दिएको योगदानकै कारण आजको आधुनिक जनकपुरधाम सार्थक भएको र आफुहरु उपभोग गरिरहेको बताए ।

उहाँहरुले राराब, सरस्वती, कन्या सहितका शैक्षिक हवहरु स्थापनामा योगदान नदिएको भए आज कस्तो जनकपुरधाम हुन्थ्यो ? भन्ने कल्पना समेत डरलाग्दो रहेको उहाँहरुको तर्क थियो । वक्ताहरुले समाज निर्माणका संस्थापक स्व. साह जस्ता व्यक्तित्वहरुको सम्मानमा अहिलेको अगुवाहरु चुक्न नहुने बताए । सहभागिहरु मौन धारण र स्व. साहको तस्वीरमा पुष्प अर्पण गरेका थिए ।
मारवाडी सेवा समितिले पनि आइतवार कार्यक्रम गर्दै

यसैबिच जनकपुरधाम स्थित मारवाडी सेवा समितिले आइतवार वेलुकी चारबजे आफनो धर्मशालामा स्व. साहको सम्मान र श्रद्धाञ्जलीमा कार्यक्रम गर्दैछ भने जनकपुर जेसीजले पनि कार्यक्रमको तयारी गरिरहेको छ ।
रहेनन दानवीर साह, जस्ले जनकपुरमा राराब र सरस्वती हाईस्कुल बनाएर शिक्षाको ज्योती फैलाए (spkhabar.com)



