एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
जनकपुरधाममा माछाको विभिन्न परिकारको स्वाद उपलब्ध गराउने उद्देश्यले मछली रसोइ नामक रेस्टुरेन्ट संचालनमा ल्याइएको छ । जनकपुरधामको माछा विश्वभरी प्रख्यात रहेपनि जनकपुरधाममै माछाको स्वाद पाउन नसकेको अवस्थामा मछली रसोइ संचालनमा ल्याइएको हो ।
पेशाले चिकित्सक रहेकी डा. रुबी सिंहले जनकपुरधामको माछाको प्रचार प्रसार गर्ने उद्देश्यले सो रेस्टुरेन्ट संचालनमा ल्याएकी हुन् । बच्चैदेखि रेस्टुरेन्ट संचालनमा ल्याउने सपना बोकेकी सिंहले अहिले आएर सो सपना पूरा गर्न पाउँदा औँधी खुशी लागिरहेको बताइन् ।
आफू बच्चामा पढाईमा अब्बल रहेकाले अभिभावकको सपना पूरा गर्न चिकित्सक पेशामा आए तर बच्चैदेखिको यो सपना भने कहिल्यै मेटेन, अहिले आएर त्यो ईच्छा झन बढ्दै गएपछि अन्ततः रेस्टुरेन्ट संचालनमा ल्याएको हुँ । अब जनकपुरधाम आउने माछाका पारखीहरुलाई माछाको विभिन्न परिकार खान समस्या नहुने उनले दावी गरिन ।


