एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ७ : जनकपुरधाम उपमहानगरपालिकाले रामचौक स्थित गोपाल धर्मशालामा सुरु गरेको ५० वेडको क्वारेन्टाइनमा योगको समेत व्यवस्थापन गरिएको छ । वाइफाई देखि दैनिक उपभोग्य सवै सरसमान र सुविधा सहित सुरु गरिएको क्वारेन्टाइनमा योग कक्षाको समेत व्यवस्था गरेको वडा नं. चारका वडा अध्यक्ष सुदर्शन सिंहले जानकारी गराएका छन् ।
उनले फेसबुकमा गरेको पोष्ट अनुसार वडा कार्यालय ४ को पहल र प्रयासमा योग सुरु गरिएको हो । मंगलवार देखि धर्मशालामा ५० बेडको क्वारेन्टाइन सुरु गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरु योग गर्न पाएपछि र स्वास्थ्य सम्बन्धी केहि जानकारी समेत पाउन थालेपछि खुसी भएका छन् ।
यो पनि पढनोस –