पुरन रौनियार
जनकपुरधाम, जेठ ३१ :
राज्यको महत्वपुर्ण निकाय वा नेतृत्व तह वा पदमा पुगेपछि व्यक्तिको शान शौकत र हाउभाउमा परिवर्तण आउनु स्वाभाविक जस्तै देखिन्छ । कुनै सार्वजानिक नेतृत्व तहमा पुग्ने वितिकै व्यक्तिको जिवनयापन, लबाई खबाई र खर्चबर्चमा परिवर्तण स्वभाविक जस्तै भएको छ । किनकी सवै सेवा र सुविधा राज्यबाट पाएका हुन्छन ।

तर केहि उदाहरण भने पृथक पनि छन जस्का उदाहरण हुन वर्तमान प्रदेश २ प्रमुख पुर्वपत्रकार डा. राजेश अहिराज । पत्रकारिताबाट परिचय बनाएका डा. अहिराज गत फागुन ९ गते प्रदेश २ का रुपमा जनकपुरधाममा पदभार ग्रहण गरेका हुन । तर उनले अहिले सम्म निजि सचिवालयमा कसैलाई राखेका छैनन । प्रदेश २ प्रमुख कार्यालयबाट एसपी खवरले प्राप्त गरेका विवरण अनुसार प्रदेश २ प्रमुखको सचिवालयमा सह सचिव सरहको पद देखि प्रथम स्तरको कार्यालय सहयोगी सम्म कुल १२ जनाको दरबन्दीको व्यवस्था छ ।

हेर्नोस दरबन्दी विवरण

प्रस्तुत विवरण अनुसार ति १२ पदमा कार्यरत कर्मचारीहरु तलब बापत मात्र राज्यको प्रति महिना ३ लाख ६३ हजार ३ सय १० रुपैया खर्च हुन्छ । प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाका अनुसार तवल बाहेक, खाजा, दशैं भत्ता, यातायात, सरसमान आदी इत्यादी सहित प्रति महिना थप करिव चार लाख रुपैया सचिवालयमा खर्च हुने गर्दछ । यसरी हेर्दा प्रदेश प्रमुख सचिवालयको प्रति महिनाको खर्च मात्र करिव आठ लाख हुन जान्छ ।

प्रदेश २ प्रमुख डा. अहिराज फागुन ९ गते देखि काम गर्न थालेकाले गत चार महिनाको अहिले सम्मको सचिवालय विहिन भएको अवस्थामा राज्यको करिव ३२ लाख रुपैया बचत भएको छ । उनले भने, ‘आउने वितिकै सचिवालयका लागि हामी आग्रह गरयौं तर उहाँले तपाई कर्मचारी भए भइहाल्यो नि भनेर भन्नु भयो ।’ उनले कार्यालयमा हाल कार्यरत निजामती कर्मचारीकै सहयोगमा सचिवालयको काम पनि चलाइरहेको बताए । ‘तपाई कर्मचारी त हो नि चलाउने सचिवालय किन चाहियो ?’ प्रदेश प्रमुखको भनाई उदृत गर्दै गैडाले भने, ‘त्यस पछि हामीले नै सहयोग गरेर सवै काम भइरहेको छ ।’

पत्रकारिता पृष्ठभुमिका प्रदेश २ प्रमुख डा. अहिराज र कर्मचारी बिचको सम्बन्ध पनि सौहार्दपुर्ण देखिन्छ । सवैसंग साथी भाई जस्तै व्यवहार भइरहेको कर्मचारीहरु बताउछन् । प्रदेश प्रमुख डा. अहिराज यस्ता विभिन्न कामहरु गरि चर्चामा छन् । मन्त्री मण्डल विस्तारका दिन उनले सांसदको लोगो लगाएर नआएको भन्दै केहि सांसदहरुलाई सपथ ग्रहण भइरहेको स्थलमा नै प्रवेश निषेध गरेका थिए भने प्रदेश प्रमुखसंग भेटन आउँदा सरकारी कर्मचारीले सरकारी पोशाक अनिवार्य लगाउनु पर्ने देखि सचिवालयका हरेक सेना जवानलाई अनिवार्य एक वृक्ष रोप्न लगाउने जस्ता कार्यहरु गरिरहेका छन् ।

भिडियो समाचार