एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २० : जनकपुरधामको एतिहासिक तिरहुतिया गाछीमा भएको नेपाली कम्युनिष्ट पार्टीको मधेश स्तरीय एकता सभामा पार्टीका संयोजक प्रचण्ड र नेता माधव कुमार नेपालले हिन्दीमा गीत सुनाउँदै मधेशको नेता कार्यकर्ताहरुलाई खुसी पार्न खोजेका छन् ।
पहिले बोलेका पुर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपालले हिन्दीको चर्चित सायरी सुनाउँदै यादोंको किमतको वो क्या जाने सायरी सुनाउँदै आफुहरु देशको विभिन्न लडाइमा लडेका भोगेका ति यादहरूलाई सम्झेर बाँचिरहेको बताए ।
त्यसपछि बोलेका संयोजक प्रचण्डले आफनो भाषणको अन्त्यमा सागरको तुफानको भी हमने बसमे किया है भन्ने लयबद्ध सायरी गुनगुनाउदै नेता कार्यकर्ताहरुलाई उत्साहित गर्न खोजे ।
दुवै नेताले जेन जी आन्दोलनपछि आफुहरु गम्भिर समिक्षा गरेर १७ बामपन्थी पाटीहरू एकिकृत गरि अगाडि बढने प्रण स्वरुप पार्टी बनाएको बताए । प्रचण्डले दोस्रो पटक मधेशी जनताकै भोटबाट सिरहाबाट निर्वाचित भएर प्रधानमन्त्री बनेको र नेपालले मधेशको धनुषाबाटै ४० वर्ष पहिले संगठन विस्तार गरेको सुनाउँदै सातवटै प्रदेशमा हुने एकता सभामा अहिले सम्म भएको सभाहरू मध्ये मधेशको सबै भन्दा बढि सफल र उपस्थिती रहेको भन्दै नेता कार्यकर्ता हौस्याए ।
सो सभामा वरिष्ठ नेता झलनाथ खनाल, जसपाबाट समाहित पार्टीका नेता राजेन्द्र श्रेष्ठ सहितकाले सम्बोधन गरेका थिए ।





