एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १७ : मधेश प्रदेशका मुख्यमन्त्री एमाले दलका नेता सरोज कुमार यादवले पदबाट राजिनामा दिएका छन् । विपक्षी सात दलका सांसदहरुले मुख्यमन्त्रीको आजको बिश्वासको मतको प्रस्ताव समेत बहिष्कार गरेपछि आफना दलका केहि सांसद र मन्त्रीहरु अगाडि आफना २२ दिनको सानो कार्यकालको तारिफ, ब्याख्या र सात दलको विरोध गर्दै मुख्यमन्त्री यादव रोष्टममा आफनो धारणाको अन्तिममा राजिनामाको घोषणा गरेका हुन ।
साथै उनले कांग्रेस, लोसपा, जनमत र माओवादी माथि खनिएका छन् । आफनो नियुक्ती असंवैधानिक भन्दै सडकमा उफ्रिनेहरु आज आँखामा आँखा जुधाउन लजाएकाले प्रदेशसभा बैठकमा आफनो धारणा सुन्न बस्ने आँट गर्न नसकेको आरोप लगाएका छन् । बैठकमा उपस्थित भएपनि मुख्यमन्त्री यादव आफनो प्रस्ताव र धारणा राख्न रोष्टममा जानु पुर्व सात दलका सांसदहरु बैठकबाट बाहिरएका थिए ।

कार्यान्वयन हुन वाँकी नै रहेको मदर्शा शिक्षा विधयेक, दलित प्रतिको सम्मान, चार मध्ये दुई महिला मन्त्री जस्मा एक मुस्लिम, मन्त्री परिषदमा दलित मन्त्री, युवाहरुलाई मासिक दुई हजार बेरोजगार भत्ता, उखुँ किशानलाई राहत, वर्षा प्रभावित किशानलाई राहत र धानको मुल्य निर्धारण सहितका आफना निर्णयहरुलाई सुनाउदै मुख्यमन्त्री यादव आफनो कार्यकालको बर्णन गर्दै आफु विरुद्व सडकमा गएका निवर्तमान मुख्य जितेन्द्र सोनलको पार्टी मधेशमा दोस्रोबाट पाँचौ नम्वरमा कसरी पुगे भन्दै कटाक्ष गरेका छन् ।

उनले नेपालको एकिकरण पृथ्वी नारायण शाहले गरेर राष्ट्रिय पिता बनेपनि उनका सन्ततीले राम्रा काम गर्न नसक्दा जनताले काम गरेर भगाएको स्मरण गराउँदै संघियतालाई आफनै बपौती भन्नेहरु संघियताको विरोधमा काम गरिरहेको बताउदै संघियता एमालेले मात्र बचाउन सक्ने दावी गर्दै आफु कुर्सी संग बिश्वासको मत माग्ने होइन सांसद संग माग्ने हो टिप्पणी गर्दै राजिनामाको घोषणा गरेका हुन ।





