एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १० : विवाह पञ्चमीको अवसरमा जनकपुरधाम नगर सफाइमा सक्रिय २१ सफाईकर्मी कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको छ । विवाह पञ्चमीको अन्तिम दिन रामकलेवाको अवसरमा उनीहरुलाई जानकी मन्दिरको प्रतिमा, माला र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

रामकलेवा समारोहकै बेला नेपाली कांग्रेसका पुर्व उपसभापति समेत रहेका पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको हातबाट उनीहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने हरेक सफाईकर्मीहरुलाई नेता निधिले व्यक्तिगत नगद ५१ सय सहित पुरस्कृत गरिएको समेत बताइएको छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास र नेता निधि सहितकाले सञ्चारकर्मीहरु र उनका अभिभावकलाई सम्मानित गरेका हुन । दिन रात नभनी उनीहरु विवाह पञ्चमीमा सक्रियतापुर्वक सरसफाईका साथै हरेक विधी र नाचगानमा सहभागिता जनाएका थिए । जानकी मन्दिरले अव हरेक वर्ष सफाईकर्मी कर्मचारीहरुलाई धन्यवाद सहित सम्मान गर्ने जनाएको छ । यस कार्यको प्रशंसा भइरहेको छ ।





