एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १८ : मधेश सरकारको नयाँ नेतृत्व चयनका लागि अव करिव २४ घण्टा मात्र वाँकी रहँदा बहुमत रहेका सात दलिय गठबन्धनमा छलफल सुरु भएको छ । गटबन्धन घटक सात दलका नेता सांसदहरुको बैठक प्रदेशसभा सचिवालयमा जारी रहेको छ । बैठकमा दुई जनाले आफनो स्वभाविक उम्मेदवारी भन्दै दावी गरेको बताइन्छ ।
कांग्रेस दलका नेता कृष्णा यादवले गठबन्धनमा ठुलो दलका नाताले पनि आफनोे पालो आएको भन्दै दावी गरेको छ भन्ने सोनलले आफु मुख्यमन्त्री बनेपनि गठबन्धन घटक दलकै सांसदबाट कमी कमजोरी भएर अनपेक्षित रुपमाप्रतिकुल परिस्थितीवस मधेशवासीको सेवा गर्नबाट बञ्चित भएकाले पुनः अवसर पाउनुपर्ने बताएको स्रोतको दावी छ ।
‘मेरो के लग्ती थियो ? घटक भित्रै कमजोरी भयो र हामि पद छोडेर आन्दोलनमा जानुपर्ने भयो, आन्दोलनको मर्म र भावना के थियो ? पुनः सच्चिएर जाँउ, हामि संग बहुमत छ, सहमतिमै जाने हो भन्ने पालैपालो मधेशको नेतृत्व गर्दै प्रदेशवासीको सेवा र विकासमा सोचौं’ भन्दै सोनलले एक पटक अवसर मागेको स्रोतको भनाई छ ।
कृष्णाले भने गठबन्धनमा ठुला दलको सम्मान र सोनल जी बनिसक्नु भएको भन्दै आफुले पाए सरकार चलाउन सहज हुने बताएको बताइन्छ ।





