एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ :
जनकपुरधाममा शनिबारदेखि सुरु भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर पब्लिक स्कुलले शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर पब्लिक स्कुलले ११० रनको लक्ष्य खडा गर्यो। टोलीका लागि ओम यादवले सर्वाधिक ३८ रन बनाए भने रिजवान राइनले ९ रनको योगदान दिए। शिशु प्रज्ञा सदनका लागि शिवम ठाकुरले ३ विकेट र दिव्यान्सु मिश्रले २ विकेट लिए।
१११ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको शिशु प्रज्ञा सदनको टोली १०१ रनमै सीमित भयो। टोलीका लागि दिव्यान्सु मिश्रले सर्वाधिक ३५ रन तथा आकाश शर्माले १० रनको योगदान दिए। जनकपुर पब्लिकका बलर आदित्य यादवले ४ विकेट र करण यादवले २ विकेट लिए। उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका आदित्य यादव ‘म्यान अफ द म्याच’ घोषित भए। यो समाचारको शीर्षक दिनुहोस्



