एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : यु–१९ क्रिकेट टोलीकी कप्तान तथा राष्ट्रिय महिला क्रिकेट खेलाडी पुजा महतोले अव मधेशमा बेटी पढाउ बेटी खेलाउ अभियान थालनु पर्ने बताएकी छिन् । हिमालय टेलिभिजनको तिन मिनेटमा बोल्दै पुजाले मधेशको छोरीहरु खेल्दै अन्य काम गरिन भने चौतर्फी फाईदा भई समाजको विकास हुने बताइन् ।
खेल्नाले छोरीको शारिरिक विकास र तन्दरुस्ती हुन्छ, जस्ले म पुजा जस्तो हजारौं खेलाडीको उत्पादन हुन्छ हुन सकेन भने घरको काम गर्ने स्वस्थ्य आमा बनेर कम्तिमा परिवारलाई त स्वस्थ्य राख्न मद्दत मिल्छ’ उनको तर्क छ । शुक्रवार महोतरीको महोतरी गाँउपालिकाले गरेको ५१ हजार नगद सहितको सम्मान ग्रहण गर्दै उनले भनिन, ‘यो सम्मान भन्दा पनि मेरो आत्मवल हो’ ।
महोतरी निवासी क्यानका केन्द्रिय उपाध्यक्ष समेत रहेका रोशन सिंहले स्वयम पुजाका लागि गरेको प्रयास आज सार्थक भएर जिल्ला, मधेश र देशकै हितमा सावित भएकोमा खुसी व्यक्त गरेका थिए । पुर्व खेलाडी समेत रहेका पालिकाका मेयर दिलिप कुमार पाण्डे, प्रमुख प्रशासकिय अधिकृत प्रविण झा र रोजगार शाखा प्रमुख गुड्डु पाण्डेले पुजाको कारण महोतरी जिल्ला मात्र नभई नामका महोतरी पालिका समेत चर्चामा आएको भन्दै आफुहरु पुजाको सम्मानका साथै पालिकामा रहेको रंगाशालालाई थप विकास गरि खेलकुदका गतिविधी सञ्चालनमा प्रतिवद्व रहेको बताए ।
अधिकृत झाले पुजालाई सम्मान गर्न पाउँदा हर्ष व्यक्त गरे । पालिकाका जनप्रतिनिधी र कर्मचारीहरु क्रमश सम्मान मात्र गरेनन देशकै गहना भन्दै बेग्ला बेग्लै पुजा संग व्यक्तिगत तस्वीर खिचाएको देख्दा पुजाको बाजे र बुवा हर्षविभोर भएका थिए ।