एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ५ : आफनो अलराउण्डर प्रस्तुतीले नेपाललाई बिश्वकपमा पु¥याउन सफल भएकी यु–१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई महोतरी स्थित जानकी एकेडेमिक हस्पिटल प्रा.ली.ले पुरस्कृत गरेको छ ।
आफनो नेतृत्वका साथै कुशल खेलले नेपाली टिमलाई बिश्वकपमा पुरयाएर मधेश र महोतरी जिल्लाको पनि शान बढाएको भन्दै हस्पिटलले ११ हजार नगद सहित सम्मान गरेको प्रशासन प्रमुख संजय यादवले बताए ।
यादवले भने, ‘हामी समान्य राशी सहित सम्मान गरेका छौं र उनको परिवारका सदस्यहरुलाई अस्पतालमा निशुल्क उपचारको पनि घोषणा गरेका छौं ।’ पुजाले देशको मात्र नभई मधेश र महोतरी जिल्लाको पनि मान बढाएको अस्पताल परिवारको ठहर छ ।