एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २३ : जनकपुरधाममा जारी प्रदेश स्तरीय शहिद कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघ र सहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई गण्डकी प्रदेशले ४ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । १२३ रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकीले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।
दोस्रो खेलमा बागमतीलाई लुम्बिनी प्रदेशले १९ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २०१ रन बनाएको थियो । २०२ रनको लक्ष्यसहित ब्याटिङ गरेको बागमती प्रदेश २० ओभरमा १८२ रनमा समेटियो । म्यान अफ दि म्याच घोषित लुम्बिनीका देव खनालले ७ हजार ५ सय नगद र १ हजारको गिफ्ट प्याक प्राप्त गरे ।