एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ :
जनकपुरधाम उपमहानगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गोगल प्रसाद नमूना मावि बसहियाले प्रथम स्थान हाशिल गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा ४ दिनसम्म चलेको प्रतियोगितामा १४ स्वर्ण पदक, २ सिल्भर पदक र ४ कास्य पदक सहित कुल २० पदक जितेर प्रथम स्थान हाशिल गरेको हो । त्यस्तै संकटमोचन नमूना माविले ६ स्वर्ण पदक, ४ सिल्भर पदक र ६ कास्य पदक सहित कुल १६ पदक जितेर प्रतियोगितामा दोस्रो स्थान हाशिल गरेको हो ।
प्रतियोगितामा याज्ञवल्क्य संस्कृत नमूना माविले तेस्रो स्थान हाशिल गरेको हो । याज्ञवल्क्य संस्कृत नमूना माविमे ३ स्वर्ण पदक, ६ सिल्भर पदक र ३ कास्य पदक सहित कुल १२ पदक हाशिल गरेको छ ।
त्यस्तै चौथो स्थान हाशिल गरेको सरस्वती मावि जनकपुरधामले २ स्वर्ण पदक र २ सिल्भर पद सहित कुल ४ पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेता टिमहरुलाई जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साहले पदक तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका कुल १३ विद्यालयले सहभागिता जनाएको थियो ।