एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २७ :
मधेस प्रदेशका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनीहरूले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, उपलब्ध सुविधाको अवस्था, बिरामीले भोग्नुपरेका समस्या तथा थप सेवा विस्तारका सम्भावनाबारे अस्पताल प्रशासनसँग छलफल गरेका थिए ।
छलफलमा अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र सर्वसुलभ बनाउन आवश्यक सुधार, भौतिक पूर्वाधार विकास तथा उपचार सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिइएको थियो । साथै, आवश्यक सेवा तथा सुविधा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । अनुगमनमा रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतो पनि सहभागी थिए ।