एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ :
जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कपको चौथो दिनको दुई खेलहरुमा क्रमश मोर्डन स्कुल र सिद्वार्थ शिशु सदनले जितेको छ । शुक्रवारको पहिलो खेलमा मोर्डन स्कुलले शुभतारा स्कुललाई १ सय ३ रन र दोस्रो खेलमा सिद्वार्थ शिशु सदनले ओम आरसिएस स्कुललाई १ सय १७ रनको पराजित गर्दै फराकिलो जित निकाल्न सफल भएको छ ।

बिहानको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गर्न मैदान उत्रेको मोर्डनले १९.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ७३ रनको योगफल तयार पारेको थियो । प्रतिउतरका ब्याटिङ्ग गर्न आएको शुभताराले १४.४ ओभरमा सबै विकेट गुमाउदै मात्र ७० रन बनाउँदा मोर्डनको सहज जित भएको हो ।

दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको सिद्वार्थ शिशु सदनले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतीमा १ सय ७९ रनको सम्मानजनक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ्ग गर्न मैदान उत्रेको ओम आरसीएस स्कुलले १२.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ६२ रनमा सिमित भएपछि सिद्वार्थको फराकिलो जित दर्ज भएको हो ।

निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।