एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ :
जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कपको दोस्रो दिनको खेलमा एर्रे इन्टरनेशनल स्कुलले जित निकाल्न सफल भएको छ । विहान भएको पहिलो खेलमा जानकी आवासिय स्कुललाई आठ विकेटले पराजित गर्दै एर्रेले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ्ग गर्न मैदान उत्रेको जानकी बोर्डिङ्गले र्निधारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ४ रनको योगफल तयार पार्न सक्यो । प्रतिउतरमा ब्याटिङ्ग गर्न आएको एर्रे स्कुलले १६ औं ओभरमा मात्र २ विकेट गुमाउदै लक्ष्य पार गर्न सफल भएपछि जित सहज भएको हो ।

निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।