एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १४ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १०को आयोजनामा धनुषा जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता जारी रहेको छ । स्वीस लिगमा चलिरहेको बुद्धिचाल प्रतियोगिताको फाइनल प्रतियोगिता बुधबार हुने रेफ्रि ज्ञानेन्द्र खाइजुले जानकारी दिए ।
४९ जनाले प्रतियोगिताका लागि निवेदन दिएकोमा ४० जना प्रतियोगी सहभागी भए । जसमध्ये फाइनल प्रतिस्पर्धामा ३० जना सहभागी हुने सम्भावना रहेको आयोजकले जनाएको छ । ६ राउण्डको प्रतियोगिता सम्पन्न भई सकेको र सातौ राउण्डमा विजेताको घोषणा गरिने खाइजुले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिने छ । त्यस्तै १०औँ स्थानसम्मका प्रतियोगिलाई २ हजार राशीको पुरस्कार दिइने छ ।