एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : नेपाल सितोरियो कराते संघ धनुषाको नयाँ कार्यसमिति चयन भएको छ । प्रशिक्षक विरेन्द्र कर्णको अध्यक्षतामा संघका १२ सदस्यीय नयाँ जिल्ला संघ गठन भएको छ । संघको उपाध्यक्षमा पृथ्वी मान लामा, शिव शंकर यादव, सचीव शुभाष कु.शर्मा र सह सचिव वाल्मीकि भगत चयन भएका छन् ।
तत्कालका लागि कोषाध्यक्ष पद खाली राखिएको छ भने सदस्यहरुमा निश्चल सिंह, रिया सिंह, दिपेन्द्र लाल कर्ण, ईसराफुल राईन, सुमित मिश्र, रोशन यादव तथा रमेश साह चयन भएका छन् ।