एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
शहिदनगर नगरपालिकामा भएको क्रिकेट प्रतिस्पर्धामा नाथपट्टी टिम विजयी भएको छ । स्थानिय युवाहरुद्वारा आयोजित प्रतियोगितामा नाथपट्टीले गोठकोयलपुरलाई पराजित गर्दै म्याच जितेको हो ।

शहिदनगर नगरपालिका वडा नं ९ का राकेश महरा र युवाहरुको सहयोगमा आयोजित प्रतियोगितामा जनमत पार्टीका प्रदेश सदस्य रामपुकार यादव र शहिदनगर नगरपालिकाको वडा नं. ९ अध्यक्ष रामकुमार शर्माको पनि उपस्थिती थियो ।

बिजेता नाथपट्टि टिमलाई जनमत नेता रामपुकार यादवले ट्रफी तथा कप हस्तान्तरण गर्दै शुभकामना प्रदान गरेका थिए भने उपबिजेता टिमलाई पनि मेहनत गर्न अगामी दिनमा विजय निश्चित रहेको भन्दै शुभकामना दिएको जनमतका युवा नेता विरेन्द्र यादवले बताए ।