एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको पहलमानी प्रतियोगीता सुरु भएको छ ।
जनकपुरधाम वडा १९ स्थित गढी स्थानमा आयोजित श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सवको चौथो दिन शनिवार पहलवानी प्रतिस्पर्धा सुरु गरिएको हो ।
क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख योगेन्द्र पजियारले प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगितामा नेपाल –भारतको विभिन्न स्थनवाट आएका चर्चित पहलवानहरु सहभागी भएका छन् । यो प्रतियोगिता फागुन ७ गते देखी १० गते सम्म चल्ने छ ।
जनकपुरधामको पिपराढीमा फागुन ४ गते श्री श्री १०८ श्री महावीर झण्डा मेलाको उद्घघाटन भएको थियोे ।