एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : युवाहरुको क्रिकेट प्रतिको क्रेज बढदै गएको मध्यनजर गर्दै जनकपुरधाममा क्रिकेट पिचको समुदघाटन गरिएको छ । शनिवार जनकपुरधामको गिरनारी कुटीमा क्रिकेट खेलाडीहरुको प्रशिक्षणका लागि क्रिकेट पिचको उदघाटन गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा क्लोथ वैंक नेपालका अध्यक्ष राजीव झाले नवनिर्मित क्रिकेट पिचको उदघाटन गरेका छन । स्थानिय युवा इसराईल अन्सारीको अध्यक्षता र विशेष पहलमा गिरनारी कुटीमा निमार्ण गरिएको क्रिकेट पिचको उदघाटन गर्दै नेता झाले खेलको विकासले खेलाडीहरुको स्वास्थ्य ठीक रहनुका साथै एकआपसमा आपसी सदभाव कायम हुने र कुलत निरुतसाहित पनि हुने वताए ।
उनले जनकपुरधामका गुठी मठमन्दीरका जग्गा र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको अवस्थामा यस प्रकारको अभ्यासले सार्वजनिक जग्गा अतिक्रमण हुनबाट बच्नुका साथै त्यस्ता जग्गाको सहि सदुपयोग समेत हुने उनले वताए । कार्यक्रममा जनकपुरधामका क्रिकेट खेलाडीका साथै स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।