एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले जनकपुरधाम सहित यस क्षेत्रको खेलकुद लोप भएको भन्दै पुर्नजागरण अभियान आवयश्क रहेको बताएका छन् ।
नेपाल टग अफ वार एशोसिएशनले सर्लाहीको लालबन्दीमा आयोजना गरेको टेक्निकल सेमिनारमा बोल्दै प्रमुख अतिथि साहले क्रिकेट, भलिबल सहितका अनेकन खेल बिद्यामा जनकपुरधाममा प्रसिद्व खेलाडीहरु जन्मेको स्मरण गराउदै अहिले सबै सुनसान भएकोमा दुःख व्यक्त गरेका छन् ।

साहको अगुवाईमा टग अफ वार खेलको परिक्षण समेत गरिदै खेलमा अपनाइने नियम, अनुशासन सहितको बारेमा समेत प्रकाश पारिएको थियो । अन्य वक्ताहरुले पनि टग अफ वार खेलको विशेषता, पृष्ठभुमि र फाइदाका विषयमा आ–आफनो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेसका नेता सुरेश कोइराला सहित नेपाल टग अफ वार खेलकुदका प्रशिक्षक, खेलाडी सहितको सहभागिता थियो ।



