FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


सञ्चालननै नभएको नयाँ रेलमा राजनितिक बखेडा सुरु, सत्ता र विपक्षको बेग्ला बेग्लै तर्क, नेपालीका लागि रेल सपना होइन (नेपालमा रेलको इतिहाँस सहित)


रेल त आयो तर देखाउनलाई मात्र, दुई महिना पछि मात्र सञ्चालन हुने (तस्वीर/भिडियो)

पुरन रौनियार
जनकपुरधाम, असोज ५ :
जनकपुरधाम सहित यस भेगका नागरिक खास गरि व्यापारीहरुका लागि नयाँ रेल खुसी ल्याएकै हो । भारतिय बजारमा निर्भर रहेको यस भेगका जनताका लागि रेल समान ल्याउने सहज माध्यम पनि हो । रेल चल्न छोडदा सरसमान ल्याउने क्रममा यहाँका व्यापारीहरु सुरक्षाकर्मीको अनावयश्क दुर्वयवहार र खोजतलाशले परेशान हुने गरेको वेला आएको नयाँ रेलले व्यापार र व्यवसाय जगत झनै उत्साहित छन् । तर चल्न वाँकी नै रहेको नयाँ रेल सम्बन्धमा समेत नयाँ राजनितिक बखेडाहरु सुरु भएको छ ।

आएको नयाँ रेल आफैले किनेको र देशको झन्डाको रंगहरुले रंगेर देशको आफनो रेल प्रर्दशन गर्दै राष्ट्रियता र नेपालमै पहिलो पटक रेल आएको जस्तो प्रचारवाजी गरेको सत्तापक्षलाई तब झटका लाग्यो जब भारत सरकारका रेल मन्त्री पियुश गोयल टवीटरमा नेपाललाई रेल बेचेको नभई अनुदानमा दिएको आशयको टवीट गरे । भारतिय रेलमन्त्री गोयलको सो टवीटले नेपाल सरकार भ्रम छडेको शंका उत्पन्न भयो । नेपाल रेल विभागका कार्यकारी निर्देशक बलराम मिश्रले समेत सम्झौताको २० प्रतिशत रकम मात्र भारत सरकारलाई अहिले सम्म बुझाइएको स्वीकार गरि सकेका छन् । सन २०१९ मे १० मा कर र भन्सार सहितका शुल्क वाहेक नेपाली रकम रु. ८३ करोड, ९३ लाख ६० हजारमा रेल किन्न नेपाल सरकारले जिटुजि प्रक्रियावाट भारत सरकारसंग सम्झौता गरेको थियो ।

नेपालमा रेल सपना होइन, यस्तो छ रेल्वेको इतिहाँस

आज भन्दा ९३ वर्ष अगाडि सन १९२७ मा ब्रिटिश इन्डियाले भारतको रक्सौल देखि बाराको अमलेखगञ्ज सम्म काठ ओर्सान रोल मार्ग बनाएर रेल चलायो । अमलेखगञ्ज वरपरको घना जंगलवाट काठ र दाउरो ओसार्न चलाएको सो रेल सो मार्गमा सडक बनेपछि बन्द भयो । त्यसको दश वर्ष पछि वि.सं. १९९४ मा जनकपुर–जयनगर २९ किलो मिटर रेलसेवा सञ्चालनमा आयो । कोयलावाट ब्रिटिशहरुले नै चलाइरहेको सो रेल महोतरीको बिजलपुरा विस्तार भयो तर वि.सं. २०५९ को बाढीले बिग्ही पुल र केहि लिक बगाएपछि सो सेवा जनकपुर सम्म मात्र सिमित भयो ।

काठ ओर्सान मात्र प्रयोग हुने सो रेल सेवा २०१८ साल पछि विधिवत यात्री सेवा समेत सञ्चालन गर्न थाले । त्यसपछि वि.सं. २०२१ मा नेपाल यातायात संस्थान अन्तर्गत सञ्चालनमा आएको रेल सेवालाई वि.सं.२०२५ मा जनकपुर–जयनगर रेल्वे नामांकरण गरियो । वि.सं. २०५१ सालमा भारत सरकारले १८ डिब्बा सहित ४ वटा डिजल पावर इन्जिन सहयोग गरेपछि आधुनिक रेल सेवा सुरु भयो र २०६१ सालमा कम्पनीका रुपमा नेपाल रेल्वे नामले रेलसेवा सञ्चालन भयो । तर शनिवार जनकपुरधाम आइपुगेको रेललाई नेपालमै पहिलो प्रधानमन्त्रीको सपनाको रेल भनेर प्रचारवाजी गरिनु सत्तापक्षको वाहवाही लुटने चेष्टा मात्र रहेको मधेश केन्द्रित दलका नेताहरु बताउछन् । हुनत धरान–भिमनगर मार्गमा पनि सन १९५८ देखि १९६२ सम्म पनि रेल चलेकै हो । कोशी बाँध निर्माणका लागि धरान देखि ढुङ्गा बोक्नका लागि सञ्चालनमा ल्याएको सो रेललाई ढुङ्गे रेल पनि भनिन्थ्यो ।

रेललाई लिएर सत्तापक्षको जश खाने उताउलो चरित्र

शनिवार जनकपुरधाम आइपुगेको नयाँ रेलमा नेपाल रेल्वेका पदाधिकारी, स्थानिय प्रशासनिक निकायका प्रमुख र सञ्चारकर्मी पाँच किलोमिटर सम्म यात्रा गरे । तर नव नियुक्त रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले प्रधानमन्त्रीको सपना पुरा भएको र सो सपनाको विराधी मिडियाकर्मीहरुलाई नै सर्वप्रथम रेलमा चढाउन सफल भएको भनि फेसबुकमा लेखेको अभिव्यक्तिको जनकपुरधाममा कडा विरोध भइरहेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष तथा प्रेस संगठनका धनुषा सहसंयोजक अवधेश कामतले जनकपुरधामका सञ्चारकर्मी नेपाल भारतमा गरि सयौं पटक रेल चढिसकेकाले गलत प्रचारवाजी नगर्न चेतावनी दिन्छन् । उनले आफुहरु खेल्दा खेल्दै पनि रेल चढने र ओर्लिने गरेको स्मरण गराउदै सस्तो लोकप्रियताका लागि जथाभावी नखेल्न आग्रह गरे ।

सत्ता पक्ष र विपक्षको आ–आफनै तर्क वितर्क

रेललाई लिएर नयाँ राजनितिक दाउ पेच सुरु भइसकेको छ । स्रोतका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा जाँदा नै भारत सरकारले रेल अनुदानमा दिने सम्झौता भएको थियो तर अहिले रेल्वेका पदाधिकारी सो कुरा आधिकारिक रुपमा मान्न पन्छिने गरेका छन् । उनीहरु आफुहरुलाई थाहा नरहेको बताउछन् । सत्ता पक्षले रेल आउनु तिन दिन अगाडि देखिनै नेपालको रेल आइरहेको काउन्डाउन नै समाजिक सञ्जालमा सुरु गरेका थिए र आएको रेलले सपना पुरा भएको र नेपालीले पहिलो पटक रेल देखेको जस्तो प्रचारवाजी गरियो ।

तर विपक्षी कांग्रेस र जसपाले यसलाई सस्तो लोकप्रियता भनेको छ । जसपाका नेता तथा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ को राजधानी जनकपुरधाममा नयाँ रेल आउनु तर केन्द्र सरकारले प्रदेश सरकारसंग कुनै समन्वय नगर्नु गलत रहेको बताए । रेल सेवाले प्रदेश २ लाई बहुआयामिक फाइदा हुने बताउदै मन्त्री सोनलले बिना प्रदेश सरकारसंगको समन्वय र सहकार्य रेल सेवा परिणाममुखी हुन नसक्ने तर्फ समेत केन्द्रिय सरकारलाई ध्यानाकर्षण गराएको । उनले नेपाल सरकार आफै रेल किनेको प्रचार गर्नु र भारत सरकारले अनुदानमा दिएको भन्नु शंकाष्पद रहेको भन्दै औपचारिक धारणा सार्वजानिक गर्न केन्द्रिय सरकारसंग मांग पनि गरेका छन् । यसरी सत्ता र विपक्षको आ–आफनै तर्क र प्रचारले सञ्चालन हुनै वाँकी रहेको रेल्वे सेवा अझै पनि अन्धकारमै त छैन भन्ने आशंका उब्जिएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

6 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy