एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मजदूरहको समस्या समाधानका लागि काँग्रेस शुरु देखि नै गंभिर रहेकोले श्रमिकका लागि सामाजिक सुरक्षा सम्बन्धि ऐन ल्याएको बताउनु भएको छ ।
पूर्व उपप्रधानमन्त्री निधिले १३५ औं मजदूर दिवसको अवसरमा नेपाल ट्रेड खयूनियन काँग्रेस धनुषाले आज जनकपुरधाममा आयोजना गरेको प्रभात फेरि तथा मजदूर सभामा बोल्दै वहाँले सो कुरा बताउनु भएको हो । वहाँले नेपाली काँग्रेसका नेता स्वर्गीय गिरीजा प्रसाद कोईरालाले विरानगर जुट मिल्सवाट मजदूर आन्दोलनको शुरुआत गरेर नेपालमा मजदूरको पक्षमा काम गरेको बताउदै शुशिल कोईराला प्रधानमन्त्री भएको वेलामा मजदूरहरुको सामाजिक सुरक्षा सम्बन्धि कानून ल्याएको बताउनु भयो ।

काँग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन सरकारले नेपाली जनता तथा देशको पक्षमा काम गर्न नसकेको आरोप लगाउदै गृहमन्त्री माथि सहकारी ठगी सम्बन्धि आरोपमा छानविन गर्नका लागि संसदीय छानविन समिति गठनको माग काँग्रेसको जारी रहेको बताउनु भयो । सो अवसरमा कांग्रेसका नेताहरु रामकृष्ण यादव, रामसरोज यादव, चन्द्रमोहन यादव, धनुषा सभापति योगेन्द्र पजियार, जनकपुरधामका मेयर मनोज कुमार साह सहितको समेत उपस्थिती थियो ।