एसपी रिपोर्टर
दोहा कतार, बैशाख १६ : जनता समाजवादी पार्टी(जसपा) नेपालले प्रवास स्थित भातृ संगठन विस्तारलाई पनि तिव्रता दिन थालेको छ । जस अन्तर्गत नेपाली समाज कतारमा ४३ जना युवाहरु सङ्गठनमा प्रवेश गरेका छन । कतारको सनैयामा अवस्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको सङ्गठान प्रवेश कार्यक्रममा ४३ जना युवाहरुले विभिन्न बैचारिक सङ्गठन त्यागेर सामुहिक रुपमा नेपाली समाज कतारमा प्रवेश गरेका हुन ।
कतार भ्रमणमा रहनु हुने मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले नव प्रवेशी व्यवसायी मोहम्मद तनबिर रेजा समाजसेवी कलाम खान, चन्द्रबिर यादव, रामबाबु यादव, मेराजुदिनको अगुवाई तथा नेतृत्वमा शकिल अहमद,शेख आरिफ लगायत ४३ जना लाई स्वागत गरेका थिए । सो क्रममा मन्त्री यादवले सही पार्टी चयन गरेकोमा नव प्रवेशीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा मन्त्री यादवलाई सङ्ग्ठनद्वारा खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरि सम्मान ब्यक्त गरिएको हो। सस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम चन्द्रवीर यादवले संचालन गर्नुभएको थियोो । दशनलाल मण्डलले जानकारी दिनुभयो ।