एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेपाल प्रेस युनियन धनुषाले पत्रकार विनय कुमार यादवको मृत्यूको घटना शंकाष्पद देखिन थालेको भन्दै गम्भिर छानविनको मांग गरेको छ । युनियन धनुषाका सचिव हरिवंश यादवद्वारा जारी विज्ञप्तीमा घटनाको छानविनमा धनुषा प्रहरीले देखाएको समान्य जस्तो व्यवहार, सुस्तता र लापरवाही खेदजनक रहेको उल्लेख गरिएको छ ।
मृतक पत्रकार यादवको परिवारजनले आफै जुटाएको विभिन्न तथ्य र प्रमाणहरु, उनी कार्यरत ईन्युजब्युरो सहितकान अनलाईनमा प्रकाशित समाचारहरुले पत्रकार यादवको हत्या समेत हुन सक्ने प्रशस्त प्रमाणहरु रहँदा रहदै समेत धनुषा प्रहरीले दुर्घटनामा मात्र सिमित गरेर पिडित परिवार प्रति बढाएको दबाबको युनियन धनुषाले भत्र्सना पनि गरेको छ । युनियन धनुषाले विभिन्न तथ्य र प्रमाणहरुको सुक्षम अध्यन्न गरि घटनालाई कर्तव्य ज्यान मुद्दाको रुपमा दर्ता गरि सोहि अनुरुप अनुसन्धान थाल्न मांग समेत गरेको छ ।