FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

‘श्रीकृष्ण जन्माष्टमी’ देशभरि मनाइदै, मेला उत्सव भने प्रभावित हुने

‘श्रीकृष्ण जन्माष्टमी’ देशभरि मनाइदै, मेला उत्सव भने प्रभावित हुने

Krishna Idol with cloudy sky background

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

जन्माष्टमीको दिन पुजापाठ र त्यसको भोली पल्ट जनकपुरधाम स्थित कृष्ण मन्दिर, रेल्वे स्टेशन स्थित भब्य पण्डालमा निर्माण गरिएको भगवान श्री कृष्ण सहितको देवीदेवताको दर्शनका लागि ठुलै मेला लाग्ने गरेको भएपनि यस वर्ष महामारीका कारण जारी गरिएको निषेधाज्ञाले मेला प्रभावित हुने भएको छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

राससको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago
वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’
एस.पी. खबर विशेष

वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy