एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरत प्रसाद साहले मुख्यमन्त्रीले आफूलाइ वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएको कुरा आफुलाई थाहा नरहेको बताएका छन् । मागेको मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आज वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मन्त्री साहले भने, ‘मलाई थाहा पनि छैन, मिडिया र प्रदेश प्रमुखको कार्यालयबाट जारी सुचनाबाटै थाहा पाएको हुँ, म पदभार ग्रहण गर्दिन ।’ उनले मुख्यमन्त्री यादवको पार्टी जसपाको मात्र सरकार नरहेको बताउदै मुख्यमन्त्रीले ठिक नगरेको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेकोमा साहलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी उल्लेख छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । म वन मन्त्रालय स्वीकार गर्दिनँ ।’ उनले भने ।