एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १६ :
महोत्तरीको मटिहानी स्थित जरलहवा गाछीमा आगलागीबाट पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । राष्ट्रिय कृषक महासंघले आगलागीबाट पीडित १ सय परिवारलाई भाँडावर्तन सहयोग गरेको हो ।
आगलागीबाट प्रभावितहरुलाई प्रेसर कुकर, डेक्ची, कढाई, गिलास , थाल, कचौडा , प्लाष्टिकको बाल्टिन लगायतका भाँडाकुँडा सहयोग गरिएको राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले जानकारी दिए । उनीहरुलाई खान,बस्न तथा औषधोपचारको आवश्यक्ता रहेको आगलगीबाट प्रभावित स्थानीय मो. सफिक अन्सारीले बताए । मानवीय सहायता साझेदार मञ्चले विगत पाँच वर्ष देखि मानवीय सहायता क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको सामुहिकतामा मानवीय सहायता साझेदारी मञ्च गठन गरि सहयोग गर्दै आएको छन् । सो राहत वितरणमा राष्ट्रिय कृषक समुह महासंघका मधेश प्रदेशका विभिन्न जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।