एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : धनुषाको शहिदनगर नगरपालिकाका मेयरले ज्यादती गरेको भन्दै परिवर्तणकारी शक्तिहरुका नेता कार्यक्रताहरुले सामुहिक रुपमा गिरफतारी दिन प्रहरी चौकी पुगेका छन् । मेयरले गरेको ज्यादती विरुद्व आफुहरु गत बैशाख १० गते बाट थालेको आन्दोलनमा १० गते नगरपालिकाको कुरुती र विसंगती विरुद्वमा गरेको शान्तिपुर्ण जुलुस र धर्नामा नगरपालिका भित्रबाट २०–३० जना अराजक व्यक्तिहरु प्रयोग गरि ढुंगामुढा गराइनुका साथै गाडीहरुमा तोडफोड गरिएको भन्दै आन्दोलिन बनेका छन् ।
उनीहरुले आन्दोलनका संयोजक समेत रहेका वडा नं. ६ का वडा अध्यक्ष उमेश कुमार निराललाई लाठी प्रहार गराइनुका साथै उनलाई पक्राउ समेत गरिएको भन्दै आफुहरुलाई समेत पक्राउ गर्न भन्दै सामुहिक गिरफतारी दिन पुगेका थिए । नेकपा एसका वरिष्ठ नेता रामचन्द्र झा, शहिद नगरपालिकाका पुर्व मेयर उदय यादव बरबरिया सहित दर्जनौं नेता कार्यक्रता सहित ईलाका प्रहरी कार्यालय यदुकोहामा गिरफतारी दिन पुगेका उनीहरु वडा अध्यक्ष निरालको रिहाईको मांग गरेका छन् ।
वडा अध्यक्ष निराल सहितका उपर लगाइएका सबै झुठा मुद्दा फिर्ता र स सम्मान रिहाई, अनाधिकृत रुपमा नियुक्त गरिएका तृतिय श्रेणीका प्रा.शिक्षक तथा शिक्षा शाखा प्रमुख विवादस्पद बिश्वनाथ यादवको काज फिर्ता, आ.व. २०७९÷०८० देखि हाल सम्म भएका भुक्तानी र नियुक्तीहरुको विवरण सार्वजानिक तथा वाँकी रहेका भुक्तानी अविलम्व दिनुपर्ने, अवैध रुपमा हाजरी रोक्का गरिएकी बालबिकास शिक्षीकाहरुको पुनः हाजिरी गरिनुपर्ने सहितका ७ सुत्रिय मांग राख्दै उनीहरु सामुहिक गिरफतारी दिन पुगेका हुन ।

नेता झा र पुर्व प्रमुख बरबरियाले नगरपालिकामा भइरहेको विभिन्न अवैध काम, अनियमितता, विसंगतीहरुबारे बुझन खोज्दा नगर प्रमुखले देखाएको रबैया खेदजनक रहेको बताउदै आफुहरुको संर्घष जारी रहने बताए ।