एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १६ : नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले ईन्युजब्यूरो अनलाईनका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादव मृत्यू प्रकरणको सुक्षम छानविनका लागि सरकार र प्रहरी प्रशासनलाई दबाब दिने निर्णय गरेको छ । समिति अध्यक्ष राजेश कुमार कर्णले महासंघ मधेशको तेस्रो अधिवेशनको शनिवार सम्पन्न बन्दसत्रमा भएको छलफलमा घटना विषयमा संघिय, प्रदेश र प्रहरी प्रशासनको ध्यानाकर्षणका साथै दबाब दिने निर्णय गरेको बताएका छन् ।
‘हामि यस विषयमा गम्भिर छौं’ कर्णले भने ‘छिट्टै धनुषाका एसपी र मधेशका डिआईजी संग भेटेर घटनाको गम्भिरता पुर्वक छानविनका लागि ध्यानाकर्षण गराउने छौं ।’ मृतक पत्रकार यादवको परिवारजनले फेला पारेको विभिन्न तथ्यहरुका आधारमा घटना एकदमै शंकाष्पद देखिन्छ । पैसाको लेनदेन, एकै गाँउमा गरेको साहसिक प्रेम विवाह, पत्रकारिता र समाजिक हिसावले पत्रकार यादवको बढदो गतिविधी र गरिरहेको उन्नतीहरु सहितक संग सम्बन्धित विभिन्न घटनाक्रमले यादवको नियोजित हत्या भएको हुन सक्ने अनुमान परिवारजनको छ ।
मृतक पत्रकार यादवको काकाको छोरा रघुविर कुमार यादवले धनुषा प्रहरीले घटनालाई समान्य जस्तै लिएर दुर्घटनामा मात्र सिमित गर्न खोजेको आरोप लगाउदै घटनाको गम्भिर प्रकृतीले अनुसन्धान नभए आफुहरु काठमाण्डौं पुगेर आरती साहको परिवार जस्तै संघिय सरकार र प्रहरी प्रशासन विरुद्व आन्दोलन थाल्ने बताए ।
‘एकजना पत्रकारलाई रातभर घेरेर खुवाउने पिलाउने काम भएको छ अनि विहान नहुदै राती नै फर्किन लगाएर घटना भएको छ, घटनास्थल शंकाष्पद छ तर पनि प्रहरी प्रशासन एक समान्य नागरिको दुर्घटनामा मृत्यु भएको जस्तो समान्य रुपमा लिएको छ’ उनले गुनासो गरे । उनले अरु कुनै पत्रकारसंग फेरी यस्तो नहोस भनेर आफुहरु न्यायका लागि कुनै कसर वाँकी नराख्ने बताउछन् ।