एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ : नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णले ईन्युजब्यूरोका कार्यकारी सम्पादक पत्रकार बिनय कुमार यादवको मृत्यू शंकाष्पद रहेको भन्दै गहिँरो छानविनको मांग गरेका छन् । महासंघ मधेश प्रदेश समितिको तेस्रो अधिवेशनको समुदघाटन सत्रमा बोल्दै अध्यक्ष कर्णले प्रहरी प्रशासनले सो घटनाको सुक्षम छानविन गर्नुपर्ने बताए ।
उनले भने, ‘घटनाको गम्भिरता पुर्वक छानविन गर्नका लागि सम्बन्धित निकायलाई दबाब दिनुपर्ने देखिन्छ, मेरो यो प्रस्ताव नै हो ।’ उनले सो प्रस्ताव उपर बन्द सत्रमा छलफल गर्दै निर्णय गर्नुपर्ने सम्मको अभिब्यक्ती राखे । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पनि समाचारहरुमा आइरहेको विषय हेर्दा उनको मृत्यु शंकाष्पद जस्तो देखिएको भन्दै सुक्षम रुपमा छानविन गर्नुपर्ने बताए ।
साथै समुदघाटन सत्रका अन्य वक्ताहरुले पनि पत्रकारको मृत्यु घटनालाई गम्भिरताका साथ लिनुपर्ने बताए । महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको विशेष उपस्थितीमा भएको अधिवेशनको बन्द सत्रमा महासचिव श्याम बन्जारा र कोषाध्यक्ष बिश्वनाथ ठाकुरको क्रमश संगाठनिक र आर्थिक प्रतिवेदन उपर छलफल भएको बताइएको छ ।
गत मंगलवार विहान ३ बजे उनको ढल्केवरबाट जनकपुरधाम जाने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको खवर सार्वजानिक भएपनि उनी मृतक पत्रकार यादवको परिवारजनले पाएको विभिन्न तथ्यहरुबाट घटना शंकाष्पद रहेको आशकां बढन थालेको हो । घटनाका दिन उनीहरुसंग रहेको भनिएका युवकहरु समेत सम्पर्कमा नरहेकाले ेघटना झनै बाँझिदै गएको छ ।