एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख ३ : वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार, साउनदेखि चैतसम्मको अवधिमा चैत महिनामा सबैभन्दा धेरै — १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड बराबरको राजस्व संकलन भएको छ । त्यस्तै, कात्तिक ११ अर्ब १० करोड, मंसिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।कार्यालयका अनुसार, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल राजस्व संकलनमा उल्लेखनीय प्रगति देखिएको छ। वीरगन्ज भन्सार मुलुकको सबैभन्दा ठूलो भन्सार कार्यालय भएकाले राजस्व संकलनमा यसको योगदान उच्च रहँदै आएको छ।