एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख २ : प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई दिएका छन्।
पूर्व उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि खाली रहेको उक्त पदमा प्रा. डा. केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि जिम्मेवारी दिइएको हो।प्रा. डा. केसीले उपकुलपतिको जिम्मेवारी पाएको पुष्टि गर्दै भने, “मैले उपकुलपतिसम्बन्धी पत्र प्राप्त गरिसकेको छु, अब कार्यालयमा गएर कार्यभार सम्हाल्नेछु।”