एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १ : प्रहरीले लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति सप्तरीको सुरुङ्गा नगरपालिका–९ का २९ वर्षीय अक्षय कुमार यादव हुन्। जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार यादवको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
यादव मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटि रिक्साका चालक हुन्। उनी रिक्सामै लागुऔषध लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।