एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त ३१ : धनुषाको रघुनाथपुर पुनः लयमा फर्किदै छ भन्ने कुराको प्रमाण हुन तस्वीरका यि २४ बालबालिकाहरु । गत चैत्त २४ देखि गाँउमा सुरु भएको ८ दिवसीय श्रीमद् भागवत गीता महापूराणमा दिनरात नभनी आफनै घरको आयोजन सरह दर्शनालुहरुको सेवा र पुजापाठको कर्ममा सहयोगी मात्र नभई धार्मिक झाँकीमा आवयश्क पर्ने कलाकारहरुको रुपमा पनि अभिनय गरेर गाँउका यि भविष्यहरुले आफनो सुसंस्कार प्रस्तुत गरेका छन् ।
भागवतका आयोजक श्री हरिहरनाथ लक्ष्मी मन्दिर धर्मशाला संरक्षण समितिले ति सम्पुर्ण २४ जना बालबालिकाहरुलाई कदरपत्रका साथ पुरस्कृत मात्र गरेनन, एकब्याग र त्यसभित्र विद्यालय पोशाक पनि दिएर उनीहरुलाई सम्मान गरेका छन् । भर्खरका किशोर किशोरी यि बच्चाहरुको आठ दिनको निरन्तर सक्रियता, अनुशासन र काम प्रतिको जिम्मेवारी गाँउवासीका लागि उत्सुकता बनेको थियो ।
मध्यम वर्गीय परिवारका यि बच्चाहरु भागवातमा साँझ हुने भिडको व्यवस्थापन र सुरक्षा, सरसफाई, खानेपानीको आपुर्ती, सरसमानको मिलान र आपुर्ती देखि पुजापाठ र धार्मिक झाँकीको पात्र समेत बनेर आयोजक समितिलाई हदै सम्मको राहत दिएका छन् । बच्चाहरुको कारण हामिलाई धेरै सहज भयो, समितिका अध्यक्ष विरेन्द्र महतोले भने, ‘यो उमेर समुहबाट आयोजनमा यस्तो सहयोग र सहजता हाम्रो गाँउको लागि सुखद सन्देश हो ।’

भागवतको सुखद सफलता
आयोजक समितिले भब्यताका साथ भागवत सफल भएको भन्दै उत्साह व्यक्त गरेका छन् । यो धार्मिक आयोजनले मुल उद्देश्य गाँउमा डिलक्स वातानुकुलित धर्मशाला शिक्षा र स्वास्थ्यको काम त सफल गरयो नै, गाँउ छोडेर काठमाण्डौं सहित देशका विभिन्न शहरमा स्थाई भइसकेकाहरुलाई पनि गाँउमा आएर दुई चार दिन बस्न बाध्य बनाएर गाँउलाई सार्थक गरिदिएको गाँउका अग्रजहरुको हर्ष छ । भागवतका मुख्य आकर्षण कथावाचक शिवांश जी महाराजले रघुनाथपुरको आतिथ्यता र संस्कारबाट गदगद भएको बताए ।
सबै जातजातीहरुको साँझा संगम रघुनाथपुरमा देखिएको भाईचारा र एकता सवैका लागि प्रेरणादायक बन्ने उनको भनाई थियो । लामो समय पछि गाँउ फर्किर भागवतमा नाचिरहेकी आमाहरुको नृत्यले उत्साहित बनेका उनले रघुनाथपुर आएर खुसी भएको बताए । आयोजक समितिले महाराज सहित उनको टिमलाई मिथिला संस्कार अनुसार बस्त्र दान समेत गर्दै बिदाई गरेको छ ।