एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डको हुलाकी यात्रा पछि नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि तराई मधेशको लाईफ लाइन मानिएको हुलाकी राजर्माग केन्द्रित यात्रा थालेका छन् ।
सप्तरी देखि मधेशका केहि जिल्लाहरुको हुलाकी राजमार्ग केन्द्रित भ्रमण गर्दै जनकपुरधाम आइपुगेका नेता महत जनकपुरधाम स्थित कांग्रेस नेता विमलेन्द्र निधीको निवासमा नेता कार्यक्रताहरुलाई भेटघाट गर्ने क्रममा नेता महतले २०१५ सालमै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेशको लाईफ लाइनका रुपमा अघि सारेको स्मरण गराउदै कमला र बागमती नदीमा निर्माण हुन वाँकी रहेका पुलहरु बने पछि हुलाकीको काम छिट्टै सम्पन्न हुने बताए ।
प्रवक्ता नेता डा. महत हुलाकी राजमार्ग सहित त्यस भेगका जनताहरुको मुख्य समस्याहरुको विषयमा आजै जनकपुरधाममा पार्टीका नेता कार्यक्रताहरु संग भेलामा छलफल गरिरहेका छन् । उनले आफनो विद्यार्थी राजनितिकालकै सहयात्री नेता विमलेन्द्र निधीले आफनो मन्त्रीकालमा भौतीक पुर्वाधारको क्षेत्र सडक, पुल सहितका विकासमा पुरयाएको योगदानकै कारण धनुषामा विकासको परिवर्तण देख्न सकिएको बताए ।
अर्को प्रशंगमा उनले नेपालमा कुनै पनि प्रकारले राजाको सम्भावना अव नरहेको दावी गरेका छन् । जनताको बलिदान, त्याग र तपस्याले भएको उपलब्धीमा देखिएका विकृतीहरु सच्याउन दबाबमुलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधी स्वीकार्य नरहेको उनको दावी छ । उनले संवैधानिक रुपमा पनि राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपा बाहेकका सबै दल एक रहेकाले बिना आधारको हल्लामा पर्न नहुने बताए ।